सिरहा । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको छ ।
बिहीबार लहान नगरपालिका वडा नम्बर ३ स्थित हस्पिटल चोकमा ब्यूरोको टोलीले ६ जनालाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो ।
प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन् ।
उनीहरूलाई उपचारका लागि राउ स्मारक अस्पताल लहानमा राखिएको एको छ ।
काठमाडौँको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको विशेष टोलीले लागूऔषध कारोबारीहरूलाई पक्राउ गर्ने क्रममा प्रतिरोध भएपछि गोली चलाउनुपरेको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।