Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चोरीको प्रयास विफल पार्न खोज्दा महोत्तरीमा दम्पतीमाथि गोली प्रहार, श्रीमान्–श्रीमती घाइते

चोरीको प्रयास विफल पार्न खोज्दा महोत्तरीमा दम्पतीमाथि गोली प्रहार, श्रीमान्–श्रीमती घाइते

बुधवार , जेठ २०, २०८३

महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकामा चोरी गर्न घरभित्र प्रवेश गरेका लुटेरा समूहको प्रतिवाद गर्दा एक दम्पतीमाथि गोली प्रहार भएको छ। घटनामा श्रीमान्–श्रीमती दुवै जना घाइते भएका छन् ।

मंगलबार राति सोनमा गाउँपालिका–३ खखना दक्षिणबारी टोलमा ५/६ जनाको समूहमा आएका लुटेराहरूले स्थानीय २७ वर्षीय रामईश्वर यादवको घरमा प्रवेश गरी चोरी गर्ने प्रयास गरेका थिए ।

घरभित्र अपरिचित व्यक्तिहरू देखेपछि रामईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादवले प्रतिवाद गरेका थिए।

प्रहरीका अनुसार प्रतिवादका क्रममा लुटेरा समूहले दम्पतीमाथि गोली प्रहार गरेको हो। गोली लागेर गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उद्धार गरी स्थानीय स्तरमा प्रारम्भिक उपचार गरिएको थियो।

पछि थप उपचारका लागि उनीहरूलाई जनकपुरस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घटनापछि पुगेको प्रहरी टोलीले घटनास्थलको निरीक्षण तथा खानतलासी गर्दा एक थान गोलीको खोका बरामद गरेको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान भने अझै खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले फरार लुटेराहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077