काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी उपरीक्षक (एसपी), चार प्रहरी नायब उपरीक्षक (डिएसपी) र एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) बढुवाका लागि सिफारिस भएका छन्।
प्रहरी प्रधान कार्यालयले प्राविधिक समूहअन्तर्गत सञ्चार र सवारीतर्फ कार्यरत अधिकृतहरूको बढुवा सिफारिस गरेको हो।
बढुवा समितिले कार्यसम्पादन, वरिष्ठता तथा प्रचलित कानुनी व्यवस्थाका आधारमा सम्बन्धित अधिकृतहरूको नाम बढुवाका लागि सिफारिस गरेको जनाएको छ।
बढुवा प्रक्रियाअन्तर्गत सिफारिसमा परेका अधिकृतहरूको नामावली सार्वजनिक गरिएको छ भने तोकिएको अवधिभित्र कुनै उजुरी वा दाबी–विरोध परे त्यसको सुनुवाइपछि अन्तिम निर्णय गरिनेछ।
आवश्यक प्रक्रिया पूरा भएपछि गृह मन्त्रालय र सम्बन्धित निकायबाट बढुवा स्वीकृत भई पदस्थापनको प्रक्रिया अघि बढाइने नेपाल प्रहरीले जनाएको छ।


