Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

जागिर छाडेर विदेश गएका युवक प्रहरीको सईमा बढुवा !

जागिर छाडेर विदेश गएका युवक प्रहरीको सईमा बढुवा !

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । नेपाल प्रहरीको बढुवा प्रणालीमा गम्भीर त्रुटी देखिएको छ । जागिर छाडेर विदेश गइसकेका व्यक्ति हालै बढुवा सूचीमा परेपछि लापरबाही बाहिरिएको हो। 

असई जोसेफ तावा दुई महिनाअघि नै जागिर छाडेर वैदेशिक रोजगारीमा कोरिया पुगिसकेको एक प्रहरी अधिकारीले वताए। । तर, प्रहरी प्रधान कार्यालयले भने उनलाई सई बढुवामा गत साता सिफारिस गरेको छ। 

जबकी गत १० असारमा प्रहरी प्रधान कार्यालयले नै उनलाई जागिरबाट हटाउनका लागि सार्वजनिक सूचना निकालेको थियो। त्यसको दुई दिनमै  उनलाई बढुवा गरिएको छ। 

जागिरबाट हटाउने प्रक्रिया सुरु भएपछि निर्णय भइनसकेकाले उनको नाम सिष्टममा देखिएको हो। जसआधारमा उनी बढुवामा परेका हुन्।

तर, जागिरबाट हटाउने प्रक्रियामा रहेका प्रहरीको रेकर्ड सिष्टम कति कमजोर छ भन्ने यसले देखाउँछ । लापरबाही देखिएपछि बढुवाको निर्णय हुँदा उनको नाम हटाउने तयारी भइरहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ।  

झापाको हल्दीबारी घर भएका असई तावा ताप्लेजुङको प्रहरी चौकी सिवामा कार्यरत थिए । उनी बैशाख १६ गतेदेखि गैरहाजिर भएपछि जागिरबाट हटाउने पक्रिया अघि बढेको बेला बढुवामा परेका हुन्।

73fec8d.jpg

637ebcb0.jpg

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077