Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

मोबाइल चोरीको आरोपमा बालबालिकालाई रुखमा बाँधेर कुटपिट, बारामा चार महिला पक्राउ

मोबाइल चोरीको आरोपमा बालबालिकालाई रुखमा बाँधेर कुटपिट, बारामा चार महिला पक्राउ

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । बारा प्रहरीले चारजना बालबालिकालाई सार्वजनिक स्थानमा डोरीले बाँधेर कुटपिट गरेको आरोपमा चार महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित टांगिया बस्तीमा मंगलबार बिहान करिब ९ बजे मोबाइल चोरीको आरोप लगाउँदै चार जना बालबालिकालाई सार्वजनिक चौतारामा रहेको बरको रुखमा डोरीले बाँधेर कुटपिट गरिएको घटनापछि प्रहरीले अनुसन्धान थालेको थियो।

घटनामा संलग्न रहेको आरोपमा स्थानीय ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवि कुमारी आले मगर, ३० वर्षीया रानिमाया मोक्तान र ४२ वर्षीया निर्मला वाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूविरुद्ध बालबालिकाविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरेको छ।

बारा जिल्ला अदालत, कलैयाबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले जानकारी दिए ।

प्रहरीले घटनाको वस्तुगत अनुसन्धान जारी रहेको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077