Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

भारततर्फ निकासी गर्न लागिएको साढे ४ केजी अफिम बरामद, दुईजना पक्राउ

भारततर्फ निकासी गर्न लागिएको साढे ४ केजी अफिम बरामद, दुईजना पक्राउ

शुक्रवार , आषाढ १२, २०८३

मकवानपुर । भारततर्फ निकासी गर्न लागिएको ४ किलो ४२० ग्राम लागुऔषध अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ बाट शुक्रबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–४ निवासी ५४ वर्षीय राजकुमार लामा र हेटौंडा उपमहानगरपालिका–१५ निवासी ४० वर्षीय राजकुमार तितुङ रहेका छन् ।

उनीहरूको साथबाट ४ किलो ४२० ग्राम अफिम बरामद भएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077