Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

साइबर अपराध मुद्दामा पत्रकार विनोद ढकाल पक्राउ

साइबर अपराध मुद्दामा पत्रकार विनोद ढकाल पक्राउ

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । पत्रकार विनोद ढकाल पक्राउ परेका छन । 

प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले साइबर अपराधको मुद्दामा अनुसन्धानका लागि ढकाललाई काठमाडौंबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार ढकालले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललगायत व्यक्तिविरुद्ध आफ्नो फेसबुक खातामार्फत विभिन्न टिप्पणी तथा सामग्री प्रकाशित गरेका थिए ।

उनीविरुद्ध इलाका प्रहरी कार्यालय, इटहरी, सुनसरीमा दर्ता भएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

सोही जाहेरीअनुसार सुनसरी जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी कार्यान्वयन गर्दै उनलाई पक्राउ गरिएको हो ।

उनलाई मुद्दाको अनुसन्धानका लागि सुनसरी पठाउने तयारी गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077