Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

धनगढीपछि अत्तरियाका होटलमा पनि प्रहरीको छापा, यौनधन्दाको आरोपमा १९ जना पक्राउ

धनगढीपछि अत्तरियाका होटलमा पनि प्रहरीको छापा, यौनधन्दाको आरोपमा १९ जना पक्राउ

शुक्रवार , आषाढ १२, २०८३

धनगढी । कैलालीको अत्तरियास्थित विभिन्न होटलमा प्रहरीले सञ्चालन गरेको विशेष सर्च अपरेशनका क्रममा होटल सञ्चालकसहित १९ जना पक्राउ परेका छन् । 

बिहीबार इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले अत्तरियाका हिल्टन होटल, पुर्चौँडी होटल र अपी–नाम्पा होटलमा एकैसाथ छापा मारेर अनैतिक गतिविधिमा संलग्न रहेको आशंकामा १० महिला र ९ पुरुषलाई पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरा सिंह महराका अनुसार पक्राउ परेकामध्ये केही होटल सञ्चालकसमेत रहेका छन्।

होटलहरूमा गरिएको विशेष चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको उनले बताए । प्रहरीले पक्राउ परेकाहरुलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रहरीले पछिल्लो समय अत्तरिया क्षेत्रका होटल तथा लजहरूमा हुने अवैध तथा शंकास्पद गतिविधि नियन्त्रण गर्न नियमित अनुगमन र विशेष अपरेशनलाई तीव्र बनाएको छ ।

अस्ति मात्रै धनगढीमा पनि ७ जना भारतीय पुरुषसहित २४ जनालाई नियन्त्रणमा लिइएको थियो । धनगढी र अत्तरिया बजारमा यौनधन्दा मौलाएको आरोप छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077