Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

मापसेमा अब कडा कारबाहीको तयारी : ५० हजारसम्म जरिवाना, अल्कोहलको न्यूनतम सीमा पनि तोकिने

मापसेमा अब कडा कारबाहीको तयारी : ५० हजारसम्म जरिवाना, अल्कोहलको न्यूनतम सीमा पनि तोकिने

बिहिवार , आषाढ ११, २०८३

काठमाडौं । सरकारले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालकविरुद्धको कारबाहीलाई थप कडा बनाउने तयारी गरेको छ।

पूर्वाधार विकास मन्त्रालयले तयार गरिरहेको सवारी तथा यातायात व्यवस्था ऐन संशोधन मस्यौदामा मापसे गरेर सवारी चलाउनेलाई सवारीको प्रकृतिअनुसार २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ।

प्रस्तावअनुसार दुई वा तीन पांग्रे सवारी चलाउनेले मापसे गरेको पाइए २५ हजार रुपैयाँ, साना सवारीसाधन चालकलाई ३५ हजार रुपैयाँमझौला तथा ठूला सवारीसाधन चालकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था राखिएको छ।

मस्यौदामा पहिलोपटक मापसेको स्पष्ट वैज्ञानिक मापदण्ड पनि प्रस्ताव गरिएको छ। त्यसअनुसार रगतमा मादक पदार्थ (ब्लड अल्कोहल कन्सेन्ट्रेसन) ०.०५ ग्राम प्रतिडेसिलिटरभन्दा बढी भएमा मात्र मापसे गरेको मानिनेछ।

यस्तै, ३० वर्षभन्दा कम उमेरका चालक तथा परीक्षणकाल (प्रोबेसन) मा रहेका चालकका हकमा भने ०.०२ ग्राम प्रतिडेसिलिटरभन्दा बढी भए कारबाहीको दायरामा पर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

हाल लागू रहेको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा मदिराको मात्रा तोकिएको छैन।

मापसे गरेको पाइए पहिलो पटक ५०० रुपैयाँ, दोस्रो पटक एक हजार रुपैयाँ र तेस्रो वा सोभन्दा बढी पटक एक हजार ५०० रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077