Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ट्राफिक कारबाहीबाट २४ घण्टामै २२ लाख ३९ हजार राजस्व संकलन

ट्राफिक कारबाहीबाट २४ घण्टामै २२ लाख ३९ हजार राजस्व संकलन

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौं। काठमाडौं उपत्यकामा बितेका २४ घण्टामा दुई हजार ५५६ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । 

यसबाट राज्यकोषमा २२ लाख ३९ हजार हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका, संकेत बत्ती उल्लंघनकर्ता र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका चालकहरुलाई कारबाही गरिएको हो । 

कारबाहीमा पर्नेहरुमा मादकपदार्थ सेवन गर्ने १०६, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १५४, संकेत बत्ती उल्लंघनकर्ता १०७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जना रहेका छन् ।

यसैगरी ‘लेन’ अनुशासन पालना नगर्ने ९७, निषेधित क्षेत्रमा हर्न बजाउने १०९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, यान्त्रिक अवस्था ठीक नभएका ३० र अन्य सवारी नियम पालना नगरेका एक हजार ६७२ गरी कूल दुई हजार ५५६ जनालाई पनि कारबाही गरिएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077