काठमाडौं । नक्कली वाकिटकी प्रयोग गरी आफू प्रहरी भएको भन्दै सर्वसाधारणलाई धम्क्याउने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ निवासी ४७ वर्षीय शैलेश डंगोल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
काँडाघारी प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउका क्रममा डंगोलको साथबाट एक अनलाइन मिडियाको नवीकरण नगरिएको परिचयपत्र (प्रेस कार्ड) समेत बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार डंगोलमाथि प्रहरीको परिचय दुरुपयोग गरी धम्क्याएको आरोपमा आवश्यक अनुसन्धान अघि बढाइएको छ।