Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

युवकको इच्छाविपरीत जबर्जस्ती विवाह गराइयो, एकजना पक्राउ

युवकको इच्छाविपरीत जबर्जस्ती विवाह गराइयो, एकजना पक्राउ

बिहिवार , आषाढ ४, २०८३

सप्तरी । सप्तरीमा एक युवकको इच्छाविपरीत जबर्जस्ती विवाह गराइदिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–९ निवासी मनोजकुमार ठाकुर रहेका छन् ।

उनीमाथि २०८२ साउन ३१ गते सुरुङ्गा नगरपालिका–१० निवासी नागेन्द्र यादवको मञ्जुरीबिनै सोही वडाकी २२ वर्षीया युवतीसँग जबर्जस्ती विवाह गराएको आरोप लागेको छ ।

प्रहरीका अनुसार उक्त विवाह सुरुङ्गा–९ स्थित केशव स्मारक जनता माध्यमिक विद्यालय टिकुलीयाको प्राङ्गणमा रहेको सरस्वती मन्दिरमा सम्पन्न गराइएको थियो।

घटनापछि नागेन्द्र यादवले आफूलाई कुटपिट गरी इच्छाविपरीत विवाह गराइएको भन्दै मनोजकुमार ठाकुरविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। उजुरीपछि फरार रहेका ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेका अनुसार पक्राउ परेका ठाकुरलाई जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077