काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटका विषयमा सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिँदै सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको बताएका हुन् ।
गृहमन्त्री गुरुङले भने- 'सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ । यो सरकारको मुख्य दायित्व भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्नु भएकाले प्रहरीका केन्द्रीय र प्रदेशका प्रमुखलाई मातहतका कर्मचारीको निगरानी गर्न र कार्य सम्पादन मूल्याङ्कनको आधारमा पुरस्कार तथा दण्ड दिने नीतिलाई
कडाइका साथ कार्यान्वयन गर्ने निर्देशन दिएको छु।'
वर्तमान सरकारको मुख्य दायित्व नै भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने रहेको उनको जिकिर छ ।
यसैगरी उनले राजस्व चुहावट रोक्न आगामी आर्थिक वर्षमा सीमा क्षेत्रमा एआई प्रविधियुक्त सीसीटीभी क्यामरा जडान गरिने बताए।
उनले थपे- 'आगामी वर्ष हामी केवल एआई प्रविधिको क्यामरासहित बोर्डरमा सीसीटीभी क्यामरा मात्र खरिद गरिरहेका छौँ।'