Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित

आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याएको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएपछि विनियोजन विधेयक, २०८३ निर्णयार्थ प्रस्तुत गरिएको थियो।

अर्थमन्त्री वाग्लेले सभासमक्ष विनियोजन विधेयक पेश गरेपछि सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। बहुमतबाट प्रस्ताव स्वीकृत भएसँगै आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित भएको हो।

यससँगै सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेका मन्त्रालयगत बजेट तथा खर्च कार्यक्रम कार्यान्वयनका लागि संसदीय स्वीकृति प्राप्त गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077