Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

मंगलवार , आषाढ २, २०८३

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । संसद सचिवालयका अनुसार बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ । 

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुनेछ । 

बैठकमा गुरुप्रसाद बरालले विनियोजन विधेयक, २०८३ अन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

सांसद रमेश कुमार मल्लले विनियोजन विधेयक, २०८३ अन्तर्गत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रतिनिधिसभा सदस्य इश्तियाक राईले विनियोजन विधेयक, २०८३ अन्तर्गत पूर्वाधार विकास मन्त्रालयको शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077