Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

एमाले सांसद राजेन्द्र राईको विरोधका कारण संसद बैठक स्थगित

एमाले सांसद राजेन्द्र राईको विरोधका कारण संसद बैठक स्थगित

सोमवार , आषाढ १, २०८३

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजित बजेटका विषयमा ९ वटा मन्त्रालयगत छलफल चलिरहेका बेला २ जना मात्रै मन्त्री उपस्थित भएको भन्दै प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राईले रोस्टममा उभिएर विरोध जनाएका छन्। 

आजको बैठकमा मन्त्रालयगत छलफलका क्रममा सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई बोल्न समय दिएका थिए। 

रोस्टममा पुगेपछि सांसद राईले ९ वटा मन्त्रालयगत छलफल चलिरहँदा २ जना मात्रै मन्त्री उपस्थित भएको भन्दै असन्तुष्टि जनाए। उनले भने–‘९ वटा मन्त्रालयको विषयमा छलफल हुँदा मन्त्रीहरु कहाँ हुनुहुन्छ ? मन्त्रीहरु नआएसम्म म बोल्दिन र यहाँबाट जान्न ।’

उनी रोस्टममा उभिइरहेपछि सभामुख अर्यालले पटक–पटक बोल्न आग्रह गरे। तर, उनले विधि र थिती नछाड्ने बरु उभिएरै बस्ने भन्दै अडान लिएपछि सभामुख अर्यालले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077