Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सरकारलाई एमालेको चुनौती- धम्की मात्रै होइन, गिरिबन्धु टि-स्टेटको फाइल तुरुन्तै खोलियोस्

सरकारलाई एमालेको चुनौती- धम्की मात्रै होइन, गिरिबन्धु टि-स्टेटको फाइल तुरुन्तै खोलियोस्

सोमवार , आषाढ १, २०८३

काठमाडौं । नेकपा एमालेले अर्थमन्त्रीले ‘फाइल खोल्ने’ चेतावनी दिएको भन्दै गिरिबन्धु टी–स्टेटसहित सबै विवादित फाइल सार्वजनिक गर्न सरकारलाई चुनौती दिएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेकी उपनेता पद्या अर्यालले गिरिबन्धु टी-स्टेट प्रकरणको फाइल पहिलो प्राथमिकतामा राखेर खोल्न सरकारलाई चुनौती दिएकी हुन्।

'फाइल खोल्ने धम्की दिने मात्रै होइन, त्यो तुरुन्तै खोलियोस्  ‘सबैभन्दा पहिला टि स्टेटको पाइल खोलियोस्।यो हार्दिक आग्रह छ । ओम्नी हुन कि वाइडबडी हुन कि के के हुन्। ति खोलियोस्,'  उनले भनिन् ।

अर्यालले सरकारले विपक्षी राजनीतिक दल र तिनका नेतालाई फाइल खोल्छु भन्दै धम्क्याउने काम गरिरहेको आरोप पनि लगाइन् ।

विपक्षी दलका सांसदले करको दर हेरफेर गरिएको विषयमा प्रश्न उठाउँदा जेठ २८ गतेको संसद् बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले 'तपाईंहरूको काण्डबारे हामी अनभिज्ञ छैनौँ' भनेका थिए ।

त्यसैलाई लिएर अर्यालले विपक्षीसँग जोडिएका भनिएका ओम्नी, वाइडबडी लगायतका सबै विवादित प्रकरणको निष्पक्ष छानबिन गर्न चुनौती दिँदै सत्य तथ्य सार्वजनिक गर्नुपर्ने बताइन् । 

छानबिनपछि आरोप सत्य सावित नभए त्यसको नैतिक तथा राजनीतिक जिम्मेवारी लिन तयार हुनुपर्ने उनको भनाइ थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077