Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

प्रहरीलाई अब नगदै पोसाक खर्च, टेन्डर प्रणाली हटाउने तयारी

प्रहरीलाई अब नगदै पोसाक खर्च, टेन्डर प्रणाली हटाउने तयारी

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि पोसाक खरिदको हालको टेन्डर प्रणाली अन्त्य गर्दै अब पोसाक खर्चबापत नगद उपलब्ध गराउने तयारी गरेको छ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री सुधन गुरुङले पोसाक खरिद प्रक्रियामा पटक–पटक अनियमितता र भ्रष्टाचारका गुनासा आउने गरेको उल्लेख गर्दै त्यसको विकल्पका रूपमा नगद उपलब्ध गराउने व्यवस्था गर्न लागिएको जानकारी दिए।

‘प्रहरीको पोसाकको विषयमा टेन्डर हुने र यसमा धेरै भ्रष्टाचार हुने कुरा देखिएको छ। अब यसको सट्टा हामी नगद नै दिने तयारी गरिरहेका छौँ,’ गृहमन्त्री गुरुङले संसदमा भने।

हाल नेपाल प्रहरीका लागि आवश्यक पोसाक सरकारले केन्द्रीय रूपमा टेन्डरमार्फत खरिद गर्दै आएको छ।

तर उक्त प्रक्रियामा गुणस्तर, ढिलासुस्ती तथा अनियमितताका विषय बारम्बार उठ्दै आएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077