काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसेको छ।
मनसुनको समयमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायबीच समन्वय र तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सिंहदरबारमा बैठक आयोजना गरिएको हो।
केही दिनभित्रै मनसुन सुरु हुने भएकाले सम्भावित बाढी, पहिरो तथा अन्य विपद्जन्य घटनाको पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका विषयमा बैठकमा छलफल भइरहेको जनाइएको छ।
बैठकमा गृहमन्त्री सुधन गुरुङ, गृहसचिव राजकुमार श्रेष्ठ तथा सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी छन्।