Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सुदूरपश्चिममा ‘जरा गाडेका’ १५ प्रहरीको एकसाथ काज सरुवा, को कहाँ पठाइए ? [सूचीसहित]

सुदूरपश्चिममा ‘जरा गाडेका’ १५ प्रहरीको एकसाथ काज सरुवा, को कहाँ पठाइए ? [सूचीसहित]

शुक्रवार , आषाढ ५, २०८३

धनगढी । सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि एउटै जिल्लामा कार्यरत १५ जना प्रहरी प्रहरी कर्मचारीलाई एकैपटक अन्तरप्रदेश काज सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले गत जेठ २९ गतेको निर्णयअनुसार उनीहरूलाई अर्को आदेश नभएसम्मका लागि काज सरुवा गरेको हो । 

सरुवा सूचीमा कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) सम्मका कर्मचारी परेका छन् ।

प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमा कार्यरत कर्मचारीहरूलाई विभिन्न जिल्लामा काज सरुवा गरिएको हो ।

विगतमा राजनीतिक पहुँच, व्यक्तिगत सम्बन्ध वा विभिन्न शक्ति केन्द्रसँगको निकटताका आधारमा वर्षौंसम्म एउटै जिल्लामा बसिरहेका प्रहरी कर्मचारीलाई हटाउने उद्देश्यले सरुवा प्रक्रिया अघि बढाइएको छ ।

प्रहरी विपद् सुरक्षा गण महेन्द्रनगरमा कार्यरत वरिष्ठ सई राघवप्रसाद भट्टलाई जिल्ला प्रहरी कार्यालय जाजरकोट पठाइएको छ। त्यस्तै प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक दीपेन्द्रकुमार किमाडीलाई जिल्ला प्रहरी कार्यालय पर्वत सरुवा गरिएको छ।

इलाका प्रहरी कार्यालय विपीनगर (डोटी) का असई गणेशसिंह कार्कीलाई जिल्ला प्रहरी कार्यालय धादिङ तथा जिल्ला प्रहरी कार्यालय बैतडीका असई रविन्द्र धामीलाई जिल्ला प्रहरी कार्यालय मनाङ पठाइएको छ।

यसैगरी बैतडीको प्रहरी चौकी शङ्करपुरका हवलदार हरिदत्त भट्टलाई विशेष सुरक्षा गण त्रिपुरेश्वर, कञ्चनपुरका हवलदार दीपेन्द्रप्रसाद जोशीलाई नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुरधाम, दार्चुलाको इलाका प्रहरी कार्यालय लालीका हवलदार पूरण चन्दलाई विशेष सुरक्षा गण त्रिपुरेश्वर तथा डोटीका हवलदार देवराज जोशीलाई नं। २ गण महाराजगञ्ज सरुवा गरिएको छ।

टीकापुरका हवलदार प्रकाश रोकायालाई जनकपुरधाम, हवलदार शिवकुमार गडरियालाई दुहबी ९सुनसरी० तथा फूलबारीस्थित आशारा सुधार केन्द्रका एक प्रहरी कर्मचारीलाई विशेष सुरक्षा गण त्रिपुरेश्वर सरुवा गरिएको छ।

त्यसैगरी कञ्चनपुरका जवान ललितबहादुर जोरालाई रातोमाटे (मकवानपुर), खोचलेकका जवान वासुदेव भट्टलाई त्रिपुरेश्वर, बझाङका हरिसिंह धामीलाई नं. २ गण महाराजगञ्ज तथा बेलडाँडीका कार्यालय सहयोगी जमनसिंह ठगुन्नालाई विशेष सुरक्षा गण त्रिपुरेश्वर पठाइएको छ।

सरुवा भएका केही कर्मचारी नयाँ कार्यस्थलमा हाजिर भइसकेका छन् भने केही जाने तयारीमा रहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077