काठमाडौं । संघीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछन् ।
बैठकहरूमा मौद्रिक नीति कार्यान्वयन, वित्तीय क्षेत्रको तरलता व्यवस्थापनदेखि ऊर्जा मन्त्रालयको आगामी बजेटसम्मका विषयमा छलफल हुने भएको छ ।
अर्थ समितिको बैठकमा आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीति कार्यान्वयनको प्रगति, बैंक तथा वित्तीय संस्थामा देखिएको अधिक तरलता व्यवस्थापनमा नेपाल राष्ट्र बैंकले लिएका नीति तथा कार्यक्रमको प्रभावकारिता लगायतका विषयमा छलफल हुने कार्यसूची छ।
त्यसैगरी, सरकारको स्वामित्वमा रहेका बैंक तथा वित्तीय संस्थाको पछिल्लो तीन वर्षको कार्यसम्पादन समीक्षा, ती संस्थाको प्रभावकारिता बढाउने रणनीति तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित नीतिगत र कानूनी सुधारका विषयमा समेत छलफल हुने जनाइएको छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको आन्तरिक कार्यविधिसम्बन्धी विषयमा छलफल हुनेछ।
यसैगरी बिहान १० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट तथा वार्षिक कार्यक्रमबारे छलफल हुने भएको छ।