Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

एकैदिन तोलामा साढे १० हजारले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

एकैदिन तोलामा साढे १० हजारले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

आज सुन तोलामा १० हजार पाँच सय रुपैयाँले घटेर तोलामा २ लाख ८६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार भने सुन तोलामा २ लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । 

यसअघि जेठ २७ गते सुन तोलामा १० हजार एक सय रुपैयाँले घटेर २ लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपालमा सुनको मूल्यमा दैनिक उतारचढाव भइरहन्छ। पछिल्ला दिनहरूमा अमेरिकी डलरको मूल्य, विश्व आर्थिक अवस्थाका कारण सुनको भाउ कहिले बढ्ने त कहिले घट्ने क्रम जारी रहेको व्यवसायीहरू बताउँछन्।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३०५ रुपैयाँले घटेर चार हजार ६४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

बुधबार भने चाँदी तोलामा चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077