Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । 

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६४ पैसा र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । 

युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०९ पैसा कायम गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०५ पैसा, सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ ७० पैसा र बिक्रीदर ११७ रुपैयाँ १७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २५ पैसा र बिक्रीदर २२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १४ पैसा र बिक्रीदर ४० रुपैयाँ ३० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४१ रुपैयाँ १८ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा कायम गरिएको छ । 

साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७९ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५ रुपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १० पैसा र बिक्रीदर २३ रुपैयाँ १९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ २१ पैसा र बिक्रीदर ४९२ रुपैयाँ १६ पैसा तोकेको छ । 

बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४०१ रुपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ८५ पैसा रहेको छ । 

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077