Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न सात चिनियाँ नागरिक पक्राउ

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न सात चिनियाँ नागरिक पक्राउ

शुक्रवार , आषाढ ५, २०८३

रुपन्देही । नेपालमा प्रतिबन्धित अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा रुपन्देहीबाट सात जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका–१२ स्थित एक स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले विभिन्न अभौतिक मुद्रा (किप्टोकरेन्सी) एप्स र वेबसाइट (विनान्स एप्स, ओकेएस एप्स, इन्टोकन एप्स, प्याटम, भीम एप्स, मोबिकविक, फोनेप) मार्फत कारोबार गरेको प्रहरीको दाबी छ।

पक्राउ पर्नेमा राहदानी नम्बर ईआर४७३३८२८ भएको वर्ष ४९ का सीओङ गुफु, राहदानी नं. ईबी२८३३२१ भएको वर्ष ४३ का हु गङ, राहदानी नम्बर ईके२२३५३४९ भएको वर्ष ४५ को ली छुयनी, राहदानी नम्बर ईपी ९००९२३२ भएको वर्ष ३६ को सुन हुई, राहदानी नम्बर ई०६८८६३०६ भएको वर्ष ३५ को झाओ क्विचिन, राहदानी नम्बर ईआर८४१३५९६ भएको वर्ष ३१ को छियाङ जियासुन र राहदानी नम्वर ईपी६५२४३६४ भएको वर्ष ४५ को ली बिन रहेका छन्।

उनीहरूको साथबाट विभिन्न कम्पनीका मोबाइल थान ११ र ल्यापटप थान २ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्दहीका सूचना अधिकारी डीएसपी कृष्ण कुमार चन्दले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077