Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

स्विट्जरल्याण्ड समूह 'बी' को शीर्ष स्थानमा, बोस्नियामाथि ४–२ को सानदार जित

स्विट्जरल्याण्ड समूह 'बी' को शीर्ष स्थानमा, बोस्नियामाथि ४–२ को सानदार जित

शुक्रवार , आषाढ ५, २०८३

एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह ‘बी’ मा स्विट्जरल्याण्डले पहिलो जित दर्ता गर्दै नकआउट चरणतर्फ बलियो कदम चालेको छ ।

दोस्रो खेलमा स्विट्जरल्याण्डले बोस्निया–हर्जगोभिनालाई ४–२ ले पराजित गर्दै दुई खेलबाट चार अंक जोडेको हो ।

पहिलो खेलमा कतारसँग १–१ को बराबरी खेलेको स्विट्जरल्याण्डले दोस्रो खेलमा आक्रामक प्रदर्शन गर्दै सन् १९९४ यताकै पहिलो पटक विश्वकपमा चार गोल गर्ने उपलब्धि पनि हात पारेको छ।

स्विट्जरल्याण्डको जितका नायक जोआन मनजाम्बी बने । उनले ७४औँ र ८९औँ मिनेटमा दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

रुबेन भर्गासले ८४औँ मिनेटमा अर्को गोल थप्दा कप्तान ग्रानिट जाकाले इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै टोलीको जितलाई फराकिलो बनाए।

बोस्निया–हर्जगोभिनाका लागि इर्मान मेमिचले खेलको अन्तिम समयमा एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

यस जितसँगै स्विट्जरल्याण्ड चार अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा पुगेको छ। समूहका अन्य टोली कतार, क्यानडा र बोस्निया–हर्जगोभिनाको समान एक–एक अंक छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077