Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

कोलम्बियाको सानदार सुरुवात, उज्बेकिस्तान ३–१ गोलले पराजित

कोलम्बियाको सानदार सुरुवात, उज्बेकिस्तान ३–१ गोलले पराजित

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं । फिफा विश्वकपमा कोलम्बियाले विजयी सुरुवात गरेको छ । मेक्सिको सिटी स्टेडियममा भएको समूह चरणको खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो ।

खेलको पहिलो हाफमा ड्यानियल मेन्जोले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए। खेलको ६०औँ मिनेटमा उज्बेकिस्तानले अब्बोसेक फैजुलेभको गोलमार्फत विश्वकपमा आफ्नो पहिलो ऐतिहासिक गोल गर्दै खेल १–१ को बराबरीमा पुर्‍याएको थियो।

तर बराबरी लामो समय टिकेन । ६५औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई पुनः अग्रता दिलाए। त्यसपछि खेलको अन्तिम क्षणमा ज्यामिन्ट क्याम्पाजले गोल थप्दै कोलम्बियाको ३–१ को जित सुनिश्चित गरे।

यस जितसँगै कोलम्बियाले विश्वकप अभियानमा शानदार सुरुवात गर्दै तालिकामा तीन अंक जोडेको छ भने उज्बेकिस्तानले हारबाट प्रतियोगिता सुरु गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077