Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मेसीको ह्याट्रिकसँगै अर्जेन्टिनाको सहज जित

मेसीको ह्याट्रिकसँगै अर्जेन्टिनाको सहज जित

बुधवार , आषाढ ३, २०८३

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को सहज जित निकालेको छ। खेलमा कप्तान लियोनल मेसीले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरेका छन्।

मेसीले खेलको १७औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ६०औँ मिनेटमा दोस्रो गोल थप्दै उनले दबाब बढाए। ७०औँ मिनेटमा तेस्रो गोल गर्दै उनले आफ्नो विश्वकप करियरको पहिलो ह्याट्रिक पूरा गरे।

यो ह्याट्रिकसँगै मेसीको विश्वकप फाइनल चरणमा कुल गोल संख्या १६ पुगेको छ। यससँगै उनले जर्मनीका मिरोस्लाभ क्लोजको सर्वाधिक १६ गोलको कीर्तिमानसँग बराबरी गरेका छन्।

मेसी अब विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्न केवल एक गोल टाढा रहेका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077