Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कतारविरूद्ध क्यानडाले रच्यो इतिहास, हान्यो आधा दर्जन गोल

कतारविरूद्ध क्यानडाले रच्यो इतिहास, हान्यो आधा दर्जन गोल

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा क्यानडाले कतारमाथि ६–० को शानदार जित दर्ता गर्दै विश्वकप इतिहासमै पहिलो पटक विजयको स्वाद चाखेको छ।

सहआयोजक क्यानडाले भ्यान्कुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा एकपक्षीय प्रदर्शन गर्दै कतारलाई निरीह बनायो।

क्यानडाको ऐतिहासिक जितका नायक स्टार फरवार्ड जोनाथन डेभिड बने। उनले २९औँ, ४८औँ र इन्जुरी समयको ९२औँ मिनेटमा गोल गर्दै शानदार ह्याट्रिक पूरा गरे।

खेलको १६औँ मिनेटमा सायल लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए। त्यसपछि डेभिडले २९औँ मिनेटमा दोस्रो गोल थपे।

खेलको ३३औँ मिनेटमा कतारका होमाम अहमद रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि कतार १० खेलाडीमा सीमित भयो, जसको पूरा फाइदा क्यानडाले उठायो।

पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को बलियो अग्रता दिलाए। दोस्रो हाफमा डिलन सालिबाले ६४औँ मिनेटमा चौथो गोल गरे भने ७५औँ मिनेटमा कतारका मोहम्मद अल–मन्नाईबाट आत्मघाती गोल भएपछि क्यानडाको अग्रता ५–० पुग्यो। अन्तिम समयमा डेभिडले अर्को गोल थप्दै ह्याट्रिकसहित टोलीको ६–० को ऐतिहासिक जित पक्का गरे।

यो जितसँगै क्यानडाले दुई खेलबाट चार अंक जोड्दै समूह ‘बी’ को शीर्षस्थानमा कब्जा जमाएको छ। समान चार अंक भए पनि गोलअन्तरमा पछि परेको स्विट्जरल्यान्ड दोस्रो स्थानमा छ। बोस्निया–हर्जगोभिना र कतारको समान एक–एक अंक छ।

विश्वकपमा यसअघि खेलेका दुई संस्करणमा एक पनि जित निकाल्न नसकेको क्यानडाले यस पटक पहिलो ऐतिहासिक विजयसँगै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077