Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मेक्सिकोको लगातार दोस्रो जित, दक्षिण कोरिया पराजित

मेक्सिकोको लगातार दोस्रो जित, दक्षिण कोरिया पराजित

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह चरणमा मेक्सिकोले लगातार दोस्रो जित दर्ता गरेको छ । दक्षिण कोरियासँग भएको खेलमा मेक्सिको १–० ले विजयी हुँदै समूह ‘ए’ मा शीर्षस्थानमा मजबुत बनेको हो ।

यसअघि पहिलो खेलमा दक्षिण अफ्रिकामाथि २–० को जित निकालेको मेक्सिकोले लगातार दुई जितसँगै ६ अंक जोडेको छ। दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिकोले नकआउट चरणतर्फ बलियो दाबेदारी प्रस्तुत गरेको छ।

यसै समूहमा आजै भएको अर्को खेलमा चेकिया र दक्षिण अफ्रिकाले १–१ को बराबरी खेले। त्यस्तै, समूह ‘बी’ अन्तर्गत कतारविरुद्ध क्यानडाले ६–० को ऐतिहासिक जित दर्ता गर्दै विश्वकप इतिहासमै आफ्नो पहिलो विजय पनि हासिल गरेको छ।

क्यानडाको फराकिलो जित र मेक्सिकोको लगातार सफलतासँगै विश्वकप समूह चरणमा प्रतिस्पर्धा थप रोचक बनेको छ। धेरै समूहमा अंक तालिका निकै प्रतिस्पर्धात्मक बन्दै गएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077