Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

यी दुई परीक्षार्थीलाई एक वर्षसम्म बोर्डका परीक्षामा प्रतिबन्ध

यी दुई परीक्षार्थीलाई एक वर्षसम्म बोर्डका परीक्षामा प्रतिबन्ध

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा सहभागी दुई परीक्षार्थीलाई एक वर्षसम्मका लागि प्रतिबन्ध लगाएको छ ।

बोर्डले उनीहरूको सम्पूर्ण परीक्षा रद्द गर्नुका साथै आगामी एक वर्षसम्म बोर्डद्वारा सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरेको हो।

बोर्डका अनुसार परीक्षा क्रमांक २२७४४३०१ र ३५५०००७६ भएका परीक्षार्थीमाथि कारबाही गरिएको हो।

बोर्डले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “निम्न क्रमांक भएका परीक्षार्थीहरूको चालु खण्ड परीक्षाका सम्पूर्ण विषय रद्द गरिनुका साथै थप एक वर्ष बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने कारबाही गरिएको छ।”

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने क्रममा नै उक्त कारबाहीबारे जानकारी दिइएको बोर्डले जनाएको छ।

यस वर्ष कक्षा १२ को परीक्षा गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन गरिएको थियो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077