काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ ।
आगामी असार १ देखि ९ गतेसम्म पूरक परीक्षा हुँदैछ ।
पूरक परीक्षाको परीक्षाफल आगामी असार २५ गतेभित्र प्रकाशन गरिने परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।
एसईईमा एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएकामा पूरक परीक्षामा सहभागिता हुने छन् ।
ग्रेड सि’ भन्दा कम प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी हुनेछन् ।
यसअघि, एसइई– २०८२ को परीक्षाफल पनि एक महिनामा प्रकाशन गरिएको थियो ।