Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिस्ट्रार

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिस्ट्रार

बुधवार , आषाढ ३१, २०८३

कैलाली। कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्त गरिएको छ।

बुधबार प्रा.डा. सुनिलकुमार जोशीलाई उपकुलपति र डा. भीमबहादुर चन्दलाई रजिस्ट्रार नियुक्त गरिएको हो।

त्यसअघि सिफारिस समितिका संयोजक प्रा.डा. जयराज अवस्थीले सहकुलपति शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत योग्यताक्रमसहितको प्रतिवेदन विश्वविद्यालय सभामा पेस गरेका थिए ।

सोही प्रतिवेदनका आधारमा मन्त्री पोखरेलले नियुक्तिको घोषणा गरेका हुन्।

मन्त्री पोखरेलले नियुक्ति प्रक्रिया मेडिकल क्षेत्रका विज्ञहरूको मूल्याङ्कनका आधारमा स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न भएको बताए। 

उनले नवनियुक्त पदाधिकारीको नेतृत्वमा विश्वविद्यालयमा यही वर्षदेखि पठनपाठनसहित शैक्षिक तथा प्रशासनिक कार्य सुरु हुने विश्वास व्यक्त गरे।

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनको दफा २५ अनुसार सिफारिस समितिले योग्यताक्रमसहित तीन जनाको नाम सिफारिस गर्ने र पहिलो नम्बरमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने व्यवस्था छ।

नवनियुक्त उपकुलपति जोशी ‘इन्जुरी प्रिभेन्सन एन्ड सेफ्टी प्रोमोसन’ विषयमा विद्यावारिधि गरेका शिक्षाविद् हुन्। स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयमा अध्यापन र अनुसन्धान गरेका छन्। यसअघि पनि उनी सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति रहेका थिए।

यद्यपी सरकारले अध्यादेशमार्फत विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी हटाएसँगै उनी पनि पदमुक्त भएका थिए ।

यस्तै नवनियुक्त रजिस्ट्रार चन्द विगत २५ वर्षदेखि स्वास्थ्य सेवा र स्वास्थ्य प्रशासनमा सक्रिय छन्। अस्पताल व्यवस्थापनमा स्नातकोत्तर तथा विद्यावारिधि गरेका उनी यसअघि विश्वविद्यालयको कार्यकारी परिषद् सदस्य र नेपाल मेडिकल काउन्सिलको कार्यकारी परिषद् सदस्यका रूपमा पनि काम गरिसकेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077