Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै प्रदेशसभा अगाडि युवक अनसनमा

धनगढी । कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै एक युवक अनसन बसेका छन्।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का पवर्तराज जोशी सुदूरपश्चिम प्रदेश सभाको प्रवेशद्वारमा सोमबार बिहान १० बजेदेखि मौन बसेका हुन्।

गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिममा आन्दोलन जारी रहेको बेला गेटामा ६ सय शय्याको अस्पताल सञ्चालनको माग गर्दै उनले अनसन सुरु गरेका हुन् ।

त्यस्तै विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितीले आजै प्रदेशसभा अगाडि प्रदर्शनसहित अवरोध सिर्जना गर्ने कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077