Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

गेटा मेडिकल विश्वविद्यालयको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ

धनगढी । गेटा मेडिकल कलेजका बारेमा नीति तथा कार्यक्रम र बजेटमा फरकरफरक कुरा आएपछि स्थानीय आन्दोलित भएका छन्।

मेडिकल विश्वविद्यालयको माग गर्दै मेडिकल कलेज संघर्ष समितिले मंगलबार प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिएका हुन्।

शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज प्रदेश प्रमुख कार्यालय घेराउ गरेको हो ।

उनीहरुले मुखमा र आँखामा कालो पट्टी बाधेर बिरोध गरेका थिए । यस अघि हिजो प्रदेश सभा भवन घेराउ गरिएको थियो ।

उनीहरुले अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबारको प्रतिनिधि सभा बैठकमा स्पष्ट जवाफ नदिएकाले आन्दोलन गर्न परेको बताएका छन्। उनीहरुले आँखामा कालोपट्टी बाँधेर धर्ना दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077