Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

शिक्षामन्त्री पोखरेलका १०० दिन: यस्ता छन् ४२ उपलब्धि (सूचीसहित)

शिक्षामन्त्री पोखरेलका १०० दिन: यस्ता छन् ४२ उपलब्धि (सूचीसहित)

करिब २ अर्ब रुपैयाँ राजस्व असुल हुनुपर्नेमा हालसम्म १३ करोड रुपैयाँ राजस्व फिर्ता

आइतवार , आषाढ २१, २०८३

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्री सस्मित पोखरेलको कार्यभार सम्हालेपछिका पहिलो १०० दिनमा सम्पन्न भएका ४२ प्रमुख कार्यहरूको विवरण सार्वजनिक गरेको छ।

मन्त्रालयले आइतबार २०८२ चैत १३ देखि २०८३ असार १९ गतेसम्म भएका नीति, प्रशासनिक सुधार तथा सेवा प्रवाहसँग सम्बन्धित गतिविधिहरू समेटेर प्रगति विवरण सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको प्रगति विवरण अनुसार शिक्षा प्रशासन, परीक्षा प्रणाली, विश्वविद्यालय सुधार तथा सेवा प्रवाहमा विभिन्न सुधारका काम अघि बढाइएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक महिनाभित्र, कक्षा १२ को नतिजा ४० दिनभित्र तथा विश्वविद्यालय तहका परीक्षाको नतिजा ६५ दिनभित्र प्रकाशन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको उल्लेख गरिएको छ।

सेवा प्रवाहलाई प्रभावकारी बनाउन सार्वजनिक बिदाका दिनसमेत वैदेशिक अध्ययन अनुमति–पत्र र शैक्षिक प्रमाणीकरण सेवा उपलब्ध गराउने, जेन्जी आन्दोलनबाट प्रभावित परिवार तथा नागरिकका लागि सरकारी, सार्वजनिक र निजी क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्ने, सीप विकास, मनोसामाजिक परामर्श तथा पुनर्स्थापना कार्यक्रम सुरु, त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्तिसम्बन्धी प्रतिवेदन–२०८१ कार्यान्वयन सुरु को प्रक्रिया अघि बढाइएको उल्लेख छ। 

यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल स्काउट, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा तथा मानवस्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रसँग सम्बन्धित विभिन्न कार्यदलका प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको मन्त्रालयले जनाएको छ ।

यस्तै शिक्षा क्षेत्रमा राजनीतिक प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले विश्वविद्यालय परिसरमा विद्यार्थी संगठनका लागि भवन वा जग्गा उपलब्ध नगराउने नीति लागू गरिएको तथा त्यस्ता संगठनसँग सम्बन्धित भौतिक संकेतहरू हटाउने कार्य गरिएको पनि विवरणमा उल्लेख गरिएको छ।

साथै प्रगति विवरणमा त्रिभुवन विश्वविद्यालयका अध्ययन बिदामा गएका करिब ४०० जना प्राध्यापक तोकिएको अवधिमा नफर्किएको विषयमा कारबाही प्रक्रिया अघि बढाइएको उल्लेख छ। सो प्रकरणमा करिब २ अर्ब रुपैयाँ राजस्व असुल हुनुपर्ने अवस्थामध्ये हालसम्म १३ करोड रुपैयाँ राजस्व फिर्ता भइसकेको मन्त्रालयले जनाएको छ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077