Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारका प्रवक्ता भन्छन्- पहिलोपटक कार्यक्षमताका आधारमा प्रधानन्यायाधीश सिफारिस गरेका छौँ

सरकारका प्रवक्ता भन्छन्- पहिलोपटक कार्यक्षमताका आधारमा प्रधानन्यायाधीश सिफारिस गरेका छौँ

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । शिक्षामन्त्री एवम सरकारका प्रवक्ता सस्मित पोखरेलले पहिलोपटक कार्यकक्षमताका आधारमा प्रधानन्यायाधीश  सिफारिस गरिएको बताएका छन्। 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गरेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा उनले सो कुरा बताएका हुन् ।

 पोखरेलले भने- 'यो पटक पहिलो चोटि प्रधानन्यायाधीशको सिफारिस मुद्दाको फर्छयौटको हिसाबमा, कार्यक्षमताको आधारमा र इन्डिकेटरको हिसाबमा सिफारिस गरेर पठाएका छौँ ।' 

सरकारले डा. शर्माको कार्यक्षमता, न्यायिक कार्यसम्पादन तथा जिम्मेवारी निर्वाहको आधारमा सिफारिस गरिएको धारणा उनको रहेको छ ।

बिहीबार बसेको संबैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सर्वोच्च अदालतमा चौथो वरियतामा रहेका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम प्रस्ताव गरेका थिए ।

नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई पन्छाउँदै रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको यो पहिलो घटना हो।  उक्त प्रस्तावमा विभिन्न राजनितिक दललगायत न्यायिक वृत्त । कानुन व्यवसायीहरुले व्यापक असहमति जनाएका छन् ।

यसैबीच संवैधानिक परिषदले वरीयता मिचेर प्रधान न्यायाधीशसिफारिस गरेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट समेत पेस गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077