Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

शिक्षामन्त्री पोखरेल भन्छन् - एसईई जस्तै अन्य तहको पनि परीक्षा प्रणाली सुधार्छौँ

शिक्षामन्त्री पोखरेल भन्छन् - एसईई जस्तै अन्य तहको पनि परीक्षा प्रणाली सुधार्छौँ

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गरिएको सुधार अब उच्च तहसम्म विस्तार गरिने बताएका छन् ।

एसईई नतिजा सार्वजनिक भएको एक महिनाभित्रै नतिजा प्रकाशन गरेर सरकारले परीक्षा व्यवस्थापनमा नयाँ उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै उनले अब यही मोडेल प्लस टू, स्नातक तथा स्नातकोत्तर तहमा पनि लागू गरिने स्पष्ट पारे ।

उनले परीक्षा प्रणालीलाई थप व्यवस्थित, छिटो, विश्वसनीय र विद्यार्थीमैत्री बनाउने दिशामा शिक्षा मन्त्रालय प्रतिबद्ध रहेको जनाउँदै पछिल्ला सुधारहरू केवल सुरुआत मात्र भएको बताए।

“अब यही गति र सुधारलाई प्लस टू, स्नातक तथा स्नातकोत्तर तहसम्म विस्तार गर्दै परीक्षा प्रणालीलाई थप व्यवस्थित, छिटो, विश्वसनीय र विद्यार्थीमैत्री बनाउने दिशामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय प्रतिबद्ध छ,” मन्त्री पोखरेलले लेखेका छन् ।

उनका अनुसार एसईई नतिजा छोटो समयमै सार्वजनिक हुनु राज्य संयन्त्रको सामूहिक प्रयासको परिणाम हो।

परीक्षा सञ्चालनदेखि उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनसम्म दिनरात खटिएका शिक्षक, कर्मचारी, राष्ट्रिय परीक्षा बोर्ड, सुरक्षा निकाय तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति उनले आभार व्यक्त गरे।

यस वर्षको एसईईमा सहभागी लाखौँ विद्यार्थी र अभिभावकको प्रतीक्षालाई छोटो समयमै सम्बोधन गर्न सफल भएको उल्लेख गर्दै उनले यसलाई शिक्षा क्षेत्रमा सकारात्मक सन्देशका रूपमा व्याख्या गरे।

मन्त्री पोखरेलले ग्रेड प्राप्त गर्ने सबै विद्यार्थीलाई बधाइ दिँदै ननग्रेडेड भएका विद्यार्थीलाई निराश नहुन आग्रह गरेका छन्।

उनले असफलता अन्तिम गन्तव्य नभई सुधार र नयाँ अवसरको सुरुआत भएको उल्लेख गर्दै आगामी प्रयासमा अझ राम्रो नतिजा ल्याउन प्रेरित गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077