Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रवक्ता पोखरेलले भने- प्रधानमन्त्रीको हाल कुनै पनि देश भ्रमणको योजना छैन, प्राथमिकता अहिले काममा छ

प्रवक्ता पोखरेलले भने- प्रधानमन्त्रीको हाल कुनै पनि देश भ्रमणको योजना छैन, प्राथमिकता अहिले काममा छ

सोमवार , जेठ ११, २०८३

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीको हाल कुनै पनि देश भ्रमणको योजना नरहेको स्पष्ट पारेका छन् । 

शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका पोखरेलले मन्त्रिपरिषद् बैठकपछि सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकार अहिले पहिलो १०० दिनको कार्यसम्पादन र लक्ष्य पूरा गर्न केन्द्रित रहेको स्पष्ट पारेका हुन् ।

मन्त्री पोखरेलले प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणबारे भइरहेको चर्चालाई अस्वीकार गर्दै प्रधानमन्त्रीको ध्यान पूर्ण रूपमा सरकारको काममा केन्द्रित रहेको बताए ।

उनले भने- 'प्रधानमन्त्रीज्यू अहिले भारत मात्र होइन, अन्य कुनै पनि देशको भ्रमणमा जाने तयारीमा हुनुहुन्न । हामी सरकारको सुरुवाती १०० दिनको कार्ययोजना र लक्ष्यमा बढी केन्द्रित छौँ । सभापतिज्यूको भ्रमण निजी वा पार्टीगत हुन सक्छ, त्यससँग प्रधानमन्त्रीज्यूको कुनै सम्बन्ध छैन ।'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिको विदेश भ्रमणसँग प्रधानमन्त्रीको भ्रमण जोडेर गरिएको चर्चाबारे उनले त्यो नितान्त निजी वा पार्टीगत विषय भएको उल्लेख गरे ।

यसैगरी आगामी गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्ने वा नगर्ने विषयमा मन्त्रिपरिषद्मा हालसम्म कुनै विशेष छलफल नभएको उनले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077