Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अब सामान किन्दा बिल लिने उपभोक्तालाई सरकारले बनाउँदैछ लखपति !

अब सामान किन्दा बिल लिने उपभोक्तालाई सरकारले बनाउँदैछ लखपति !

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । सरकारले वस्तु तथा सेवा खरिद गर्दा बिल लिने उपभोक्तालाई नगद उपहार दिने योजना सञ्चालनमा ल्याएको छ। 

अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गर्दै बिल लिने संस्कृतिको विकास र कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो व्यवस्था गरेको हो।

कार्यविधिअनुसार व्यक्तिगत प्रयोजनका लागि कम्तीमा १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी बिल लिने उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्नेछन्। विद्युतीय भुक्तानी गर्नेको विवरण स्वतः प्रणालीमा समावेश हुनेछ भने नगदमा खरिद गर्नेले आन्तरिक राजस्व विभागको वेबसाइट वा मोबाइल एपमार्फत बिलको विवरण दर्ता गर्नुपर्नेछ।

हरेक महिनाको १ र १६ गते स्वचालित प्रणालीबाट विजेता छनोट गरिनेछ। दैनिक एक जनाले १ लाख ३३ हजार ३३४ रुपैयाँ र प्रत्येक १५ दिनमा एक जना बम्पर विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

यद्यपि, आयकर ऐनअनुसार २५ प्रतिशत कर कट्टा गरेर मात्रै रकम भुक्तानी गरिनेछ।

विजेताले १५ दिनभित्र सक्कल बिल, परिचयपत्र र बैंक खाताको विवरणसहित आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्नेछ।

नक्कली बिल पेश गरे कानुनबमोजिम कारबाही हुने र दाबी नगरिएको पुरस्कार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने व्यवस्था गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077