Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी साधन दर्ता गर्न पाउने

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी साधन दर्ता गर्न पाउने

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं । भन्सार विभागले स्थलमार्ग हुँदै नेपाल भित्रिने विदेशी सवारी साधनका लागि अनलाइन सेवा सुरु गरेको छ । 

अर्थ मन्त्रालयअन्तर्गत विकसित गरिएको यस प्रणालीको मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले औपचारिक उद्घाटन गरेका हुन्।

नयाँ व्यवस्थाअनुसार अब भारतीय पर्यटक तथा भारत हुँदै नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका पर्यटकले आफ्नो सवारी साधनको विवरण अनलाइनमार्फत भर्नुका साथै आवश्यक राजश्व पनि डिजिटल माध्यमबाटै तिर्न सक्नेछन्।

यसअघि भने यस्ता सवारी साधनले भन्सार नाकामै पुगेर भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने र यात्रा अवधि थप्न फेरि नाकामै पुग्नुपर्ने झन्झट थियो।

अनलाइन प्रणाली सञ्चालनमा आएपछि पर्यटकहरूले घरमै बसेर सवारी साधनको अनुमति पत्र प्रक्रिया पूरा गर्न सक्नेछन्, जसले सीमामा हुने भीडभाड र अनावश्यक ढिलाइ घटाउने विश्वास गरिएको छ।

उद्घाटन कार्यक्रममा अर्थमन्त्री वाग्लेले सीमा क्षेत्रमा पर्यटकले भोग्दै आएको सास्ती अन्त्य हुने बताउँदै यसले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे। उनका अनुसार डिजिटल सेवा विस्तारले राजश्व प्रशासनलाई पनि पारदर्शी र प्रभावकारी बनाउनेछ।

सरकारले पछिल्लो समय सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने अभियानलाई तीव्रता दिँदै आएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077