Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आगामी आर्थिक वर्षको बजेटबारे अर्थ मन्त्रालयद्वारा विषयगत मन्त्रालयसँग छलफल

आगामी आर्थिक वर्षको बजेटबारे अर्थ मन्त्रालयद्वारा विषयगत मन्त्रालयसँग छलफल

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट तयारीलाई तीव्रता दिँदै अर्थ मन्त्रालयले एकैदिन नौ मन्त्रालयसँग विस्तृत बजेट छलफल सम्पन्न गरेको छ ।

सोमबार बिहान ११ बजेदेखि सुरु भएको मन्त्रालयगत छलफल साँझ साढे ७ बजेसम्म चलेको मन्त्रालयले जनाएको छ । बजेट तथा कार्यक्रम महाशाखाले तय गरेको कार्यतालिकाअनुसार सुरु भएको छलफल मंगलबारसम्म निरन्तर चल्नेछ ।

छलफलको सुरुआत गृह मन्त्रालयबाट भएको थियो । त्यसपछि क्रमशः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग बजेटबारे गहन छलफल गरिएको हो।

छलफलमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले को नेतृत्वमा अर्थ तथा राजस्व सचिव, बजेट लेखन समितिका पदाधिकारी र महाशाखा प्रमुखहरू सहभागी थिए।

उनीहरूले सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव तथा जिम्मेवार अधिकारीहरूसँग आगामी बजेटको खाका, नीति तथा कार्यक्रम, प्राथमिकता निर्धारण र स्रोत व्यवस्थापनबारे विस्तृत विचारविमर्श गरेका छन्।

यस क्रममा श्रम मन्त्री रामजी यादव, उद्योग मन्त्री गौरी कुमारी, कानुन मन्त्री सोविता गौतम, सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना, शिक्षा तथा युवा मन्त्री सस्मित पोखरेल र सङ्घीय मामिला तथा भूमि व्यवस्था मन्त्री प्रतिभा रावल सहित सम्बन्धित मन्त्रालयका सचिवहरू सहभागी भएका थिए।

अर्थ मन्त्रालयले बाँकी मन्त्रालयहरूसँगको बजेट छलफल मंगलबार सम्पन्न गर्ने जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077