Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै पार्टी नेतृत्व र जनताप्रति जवाफदेही हुनुपर्छ: अर्थमन्त्री वाग्ले

प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै पार्टी नेतृत्व र जनताप्रति जवाफदेही हुनुपर्छ: अर्थमन्त्री वाग्ले

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्म सबै राजनीतिक नेतृत्व नेपाली जनता, राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने बताएका छन्।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा सबै मन्त्रालयका सचिवहरूसँगको छलफलमा बोल्दै अर्थमन्त्री डा। वाग्लेले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्म सबै नेपाली जनता, राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन् । 

सुशासन र भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख प्राथमिकता रहेको स्पष्ट उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले विगतका विकृति र विसंगति अन्त्य गर्दै कर्मचारीतन्त्रलाई थप प्रभावकारी, जिम्मेवार र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए। 

उनले भने- 'सुशासन र भ्रष्टाचारप्रति शून्य सहनशीलताको मान्यतामा हामी दृढ छौँ। प्रधानमन्त्रीदेखि सबै मन्त्री नेपाली जनता, आफ्ना राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ। पुराना विकृति–विसंगति हटाउँदै सक्षम कर्मचारीलाई प्रोत्साहन गर्ने दिशामा सरकार अघि बढ्छ।'

साथै कार्यक्षमता र क्षमता प्रदर्शनका आधारमा कर्मचारीलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको उनले बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077