Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

'आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्ताव स्वीकृत

'आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्ताव स्वीकृत

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौं । ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । 

प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्ताव गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतले स्वीकृत भएको हो ।

उक्त प्रस्तावमाथिको  सामान्य छलफलमा सांसदहरुले उठाएका विषयलाई स्पष्ट पार्दै अर्थमन्त्री डा वाग्लेले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुने बताएका छन् ।

वार्षिक १० लाख  रुपैयाँ आम्दानी भएका व्यक्तिलाई आयकर छुट दिइएको उल्लेख गर्दै उनले सोचविचार गरेर दुरगामी अर्थतन्त्र बनाउने उद्देश्यले करका दर निर्धारण गरिएको बताए। अर्थमन्त्री डा. वाग्लेले आफूहरु सामाजिक न्यायसहितको उदार अर्थतन्त्रका हिमायती भएको उल्लेख गर्दै यो बजेट सक्नेले नसक्नेलाई दिने सिद्धान्तमा आधारित भएको उल्लेख गरे।

यसैगरी उनले गरिब र अल्पसङ्ख्यकका नाममा यस अघिका सरकारले ल्याएका लोककल्याणकारी कार्यक्रममा कुनै बजेट कटौती नभएको स्पष्ट पारेका छन्।

उक्त प्रस्तावमाथि सांसदहरु खुश्बु ओली, गणेश पराजुली, पुष्पराज कँडेल, गणेशबहादुर विश्वकर्मा, हर्कराज राई, गङ्गालक्ष्मी अवाल, इन्दिरा रानामगर, कृष्णहरि बुढाथोकी, गुरुप्रसाद बरालले उक्त प्रस्तावमाथिको छलफलमा भाग लिई आफ्ना धारणा व्यक्त गरे।

गत जेठ १५ गते अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका लागि  २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक गरेका थिए। उक्त बजेट साउन १ गतेबाट लागू हुनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077