Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

अर्थमन्त्री वाग्लेले भने- संस्थागत सुधारमा ढिलाइ भए नेपाल ग्रे लिष्टबाट ब्ल्याक लिष्टमा झर्ने उच्च जोखिम

अर्थमन्त्री वाग्लेले भने- संस्थागत सुधारमा ढिलाइ भए नेपाल ग्रे लिष्टबाट ब्ल्याक लिष्टमा झर्ने उच्च जोखिम

शनिवार , आषाढ २०, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल ग्रे लिष्टबाट ब्ल्याक लिष्टमा झर्ने उच्च जोखिममा रहेको भन्दै सम्पत्ति शुद्धीकरण नियन्त्रण, सुशासन र वित्तीय अनुशासनमा तत्काल सुधार आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय सभाको शनिबारको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आवश्यक कानुनी तथा संस्थागत सुधारमा ढिलाइ भए नेपाल ब्ल्याक लिष्टमा पुग्न सक्ने चेतावनी दिएका हुन् ।

उनका अनुसार नेपाल २०८१ फागुनदेखि ग्रे लिष्टमा रहेको छ । अब पनि आवश्यक सुधारलाई तीव्रता नदिए अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा नेपालको विश्वसनीयतामाथि गम्भीर असर पर्ने उनले बताए ।

अर्थमन्त्री वाग्लेले ब्ल्याक लिष्टमा परे नेपालको अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध प्रभावित हुने, विदेशी लगानी भित्र्याउन कठिन हुने र रेमिट्यान्समा निर्भर अर्थतन्त्रसमेत जोखिममा पर्ने उल्लेख गरे । उनले नेपाल ब्ल्याक लिष्टमा पुगेमा सोमालिया र हाईटीजस्ता मुलुकको स्तरमा पुग्ने खतरा रहेको बताए ।

उनले भने- 'हामीले सेन्स अफ अर्जेन्सीका साथ काम गर्न सकेनौँ भने ब्ल्याक लिष्टतिर झर्छौं। ब्ल्याक लिष्टमा पुग्नु भनेको बाँकी विश्वसँगका वित्तीय सम्बन्ध कमजोर हुनु हो । रेमिट्यान्समा आश्रित देशका रूपमा विदेशी लगानी आकर्षित गर्न र अन्तर्राष्ट्रिय साख उकास्न सुशासन तथा वित्तीय अनुशासन अपरिहार्य छ ।'

उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नेपाल ग्रे लिष्टमा परेको उल्लेख गर्दै त्यसको दाग मेटाउन सरकारले तीव्र रूपमा काम गरिरहेको बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077