Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

स्वर्णिम वाग्लेले भने- संविधान बने पनि संस्थाहरु बलियो हुन सकेनन्

स्वर्णिम वाग्लेले भने- संविधान बने पनि संस्थाहरु बलियो हुन सकेनन्

आइतवार , आषाढ ७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतमा लोकतन्त्र आएपनि संस्थागत हुन नसकेको बताएका छन् ।

आज चितवनमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले सो कुरा बताएका हुन् । 

आन्दोलनकै बलमा लोकतन्त्र स्थापना भए पनि लोकतन्त्रको संस्थागत गुणस्तर अपेक्षित रुपमा विकसित हुन नसकेको उनको भनाई छ ।

उनले भने- 'विगतका आन्दोलनहरूले नेपालमा लोकतन्त्र ल्याए। संविधान आयो । समावेशिताको आधार तयार भयो यी उपलब्धिहरूको हामी सम्मान गर्छौं । तर लोकतन्त्रको संस्थागत गुणस्तर भने अपेक्षित रूपमा विकसित हुन सकेन ।'

यसैगरी देशमा निर्वाचन धेरै भए पनि उत्तरदायित्व लिने नेतृत्व देशले पाउन नसकेको उनको टिप्पणी छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077