Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बालेनको प्रशंसा गर्दै सीकेले भने- अलग ही लेबलका बंदा है

बालेनको प्रशंसा गर्दै सीकेले भने- अलग ही लेबलका बंदा है

आइतवार , आषाढ ७, २०८३

चितवन । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको प्रशंसा गरेका छन् । 

चितवनको भरतपुरमा औपचारिक रूपमा सुरु भएको रास्वपा महाधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष राउतले प्रशंसा गरेका हुन् ।

उनले ‘अलग ही लेबलका बंदा है’ भन्दै बालेनको प्रशंसा गरे।

उनले भने- 'हामीले यस्तो स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट युवा पाएका छौँ । हाम्रो प्रधानमन्त्री अलग हि लेभलका बन्दा है । उहाँ समस्याभन्दा माथि पुगेर समाधान कसरी गर्ने भनेर सोच्नुहुन्छ । हिमाल, पहाड, तराईवासी सबैले अगाध माया गरेका छन्।'

प्रधानमन्त्री शाहलाई हिमाल पहाड मधेस सबैतिर जनताले अगाध माया गरेको राउतले बताए ।

साथै, उनले मधेसीको छोरालाई प्रधानमन्त्री बनाएको भन्दै धन्यवाद पनि दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077