Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सिके राउतको टिप्पणी - चार जना नेता बसेपछि जतिसुकै ठूलो भ्रष्टाचार पनि सामसुम हुन्छ

धनगढी । जनमत पार्टीका अध्यक्ष सिके राउतले चार नेता एक ठाउँ बसेपछि जतिसुकै ठूलो भ्रष्टाचार पनि सामसुम हुने टिप्पणी गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् ।

उनले भने,‘सुन काण्डदेखि बालुवाटार, एनसेल सबै काण्ड आएका छन् तर कहाँ छ सुशासन? चार जना नेता बसेपछि जतिसुकै ठूला भ्रष्टाचार पनि सामसुम हुन्छ।’

अध्यक्ष राउतले देशमा सुशासन गुम्दै गएको बताए ।  उनले अधिकारको नाममा भएको आन्दोलनमा सरकारले विभेद गरेको आरोप लगाए।

नेपालभित्र बोलिने सबै पहिचान र भाषालाई सम्मान गर्नु पर्नेमा उनले बताए। उनले आफूहरू राजनीतिक अधिकारको लागि लडिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077