Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रास्वपा नेता कार्यकर्तालाई गगन थापाको सुझाव– नेतृत्वमाथि प्रश्न गर्नुहोस्

रास्वपा नेता कार्यकर्तालाई गगन थापाको सुझाव– नेतृत्वमाथि प्रश्न गर्नुहोस्

आइतवार , आषाढ ७, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताहरुलाई नेतृत्वमाथि प्रश्न गर्न सुझाव दिएका छन् ।

आजबाट चितवनमा सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै थापाले सो सुझाव दिएका हुन् ।

'म यहाँ उपस्थित रास्वपाका साथीहरुलाई आग्रह गर्न चाहन्छु, तपाईँहरु आफ्नो नेतृत्वलाई प्रश्न गर्नुस् । हामीले हाम्रो नेतृत्वलाई कहिले बा बनायौँ, कहिले भगवान बनायौँ, त्यो गल्ती तपाईँहरु त्यो गल्ती नगर्नुहोला, प्रश्न गर्नुहोला,' उनले भने। 

त्यस्तै उनले रास्वपा आफूहरुको प्रतिष्पर्धी पार्टी भएको तर दुश्मन नभएको बताए ।

उनले थप भने- 'नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी प्रतिस्पर्धा गर्ने हो । हामी अग्लो हुन चाहन्छौं ।तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ । हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं । बन्छौं पनि एक दिन। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077