Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रास्वपा महाधिवेशनमा कांग्रेस सभापति थापा पनि सहभागी हुँदै

रास्वपा महाधिवेशनमा कांग्रेस सभापति थापा पनि सहभागी हुँदै

आइतवार , आषाढ ७, २०८३

चितवन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुने भएका छन्।

कांग्रेसले यसअघि उपसभापति पुष्पा भुसाललाई पठाउने निर्णय गरेका थियो ।

तर, अंतिम समय सभापति थापा रास्वपाको महाधिवेशन उद्‌घाटनमा सहभागी हुने तय भएको स्रोतले जनाएको छ । 

आज बिहान पनि सभापति थापाले सामाजिक सञ्जालमार्फत रास्वपा सभापति रवि लामिछानेलाई महाधिवेशनको शुभकामना दिएका थिए।

आज आइतबार चितवनको भरतपुरमा हुने उद्घाटन सत्रमा उपस्थितिका निम्ति सत्तारुढ दल रास्वपाले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई निम्ता पठाएको थियो । 

उद्घाटन सत्रमा संसदमा प्रतिनिधित्व गरेका दलहरुमध्येबाट नेतृत्वका हिसाबले सभापति थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन मात्र सहभागी हुने भएका छन् ।

नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीका दोस्रो र तेस्रो तहका नेता सहभागी हुँदै गर्दा श्रम संस्कृति पार्टीबाट भने कोही पनि सहभागी नहुने भएका छन् ।

महाधिवेशन उद्घाटन सत्रमा नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन उपस्थित हुने भएका छन् । 

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले भने व्यस्तताका कारण आफ्नो पार्टीका तर्फबाट आउन नभ्याउने बताए ।

रास्वपा महाधिवेशन भरतपुरमा आजदेखि सुरु हुँदै छ । महाधिवेशन यही असार ९ गतेसम्म चल्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077