Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रास्वपा महाधिवेशन सफल होस्, जिम्मेवार र लोकतान्त्रिक पार्टीका रूपमा अघि बढोस् : महेश बस्नेत

रास्वपा महाधिवेशन सफल होस्, जिम्मेवार र लोकतान्त्रिक पार्टीका रूपमा अघि बढोस् : महेश बस्नेत

आइतवार , आषाढ ७, २०८३

चितवन । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै पार्टीले जनअपेक्षाअनुसार स्पष्ट नीति, दूरदर्शी कार्यदिशा र जिम्मेवार नेतृत्व विकास गर्नुपर्ने बताएका छन्।

आज सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै बस्नेतले जनताले रास्वपालाई दिएको ठूलो जनसमर्थनको सम्मान गर्दै राष्ट्रियता, लोकतन्त्र, शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्धिका विषयमा स्पष्ट कार्यनीति तय गर्न महाधिवेशन सफल हुने विश्वास व्यक्त गरेका हुन्।

उनले महाधिवेशनले पार्टीलाई अझ जिम्मेवार, लोकतान्त्रिक र जनउत्तरदायी राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छन्।

बस्नेतले आफ्नो सन्देशमा लेखेका छन्, 'जनताले ठूलो विश्वासका साथ प्रदान गरेको जनसमर्थनको सम्मान गर्दै राष्ट्रियता, लोकतन्त्र, शिक्षा, स्वास्थ्य, रोजगारी तथा समृद्धिका जनआकांक्षा पूरा गर्ने स्पष्ट कार्यनीति र दूरदर्शी कार्यदिशा यस महाधिवेशनले तय गरोस् भन्ने अपेक्षा छ।'

सत्ता सञ्चालनका क्रममा देखिने अधिनायकवादी शैली, प्रतिशोधपूर्ण राजनीति, अराजकतावादी चिन्तन, अवसरवादी प्रवृत्ति तथा पपुलिजमलाई नियन्त्रण गर्दै पार्टीलाई जिम्मेवार, लोकतान्त्रिक र जनउत्तरदायी मार्गमा अघि बढाउन सभापति रवि लामिछानेको नेतृत्व सफल होस् भन्ने शुभेच्छा उनको छ ।

रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको भावी राजनीतिक कार्यदिशा र नीतिगत एजेन्डा तय गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077